नियम १७
पक्षलाई नै झिकाउनु पर्ने
(१) मुद्दा हेर्ने निकायमा दायर भएको मुद्दा मेलमिलापद्वारा समाधान गर्न नियम १२, १३ वा १४ बमोजिम आदेश दिनु अघि मुद्दा हेर्ने निकायले वारिस राखेको मुद्दाको हकमा मुद्दाका सम्बन्धित पक्षको राय बुझ्नको लागि वारिस मार्पmत मुद्दाका पक्षलाई नै झिकाउन सक्नेछ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि पक्षले मेलमिलाप गर्न कसैलाई छुट्टै वारिसनामा दिएको मुद्दामा मुद्दा हेर्ने निकायले यस नियमावली बमोजिम त्यस्तो वारिस मार्फत मेलमिलाप गराउन सक्नेछ ।